Thu. Jun 13th, 2024

कपिलवस्तु ,कपिलवस्तुको मायादेवी गाउपालिकामा प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया पुर्याई आएको फाइल मात्र अगाडि बढाउन थालेपछी वडा अध्यक्षहरुमा खैलाबैला भएको छ। वडा अध्यक्षहरु बिकास बजेट रकम फर्जी बिल भरपाई बनाई रकम पास गरि गैरकानुनी कार्य गर्दै आएको तर अहिलेको प्रमुख प्रशासकीय अधिकृत सबिन सिह चौधरीले कडाई गरे पछि वडा अध्यक्षहरु चौधरी विरुद्ध गाउपालिका प्रमुखलाई ज्ञापन पत्र दिएका छ्न। सबिन सिंह चौधरी हाकिम आएपछी नियम पूर्बक कामगरेपछि जनप्रतिनिधिहरुको हुक्कापानी बन्द भएपछि को छटपटाहट हो  भन्ने भनाई आमजनताको छ। आमजनता भने प्रशासकीय अधिकृतको कामले हर्षित छ्न। यी तेहि  जनप्रतिनिधिहरु जुन संघीय मंत्रालयले नया हाकिम पठाउदा तीन तीन पटक कार्यपालिकाबाट निर्णय गराई हाजिर गर्न अवरोध गर्दै आएका थिए।मंत्रालयले आर्थिक गतिविधिमा रोक लगाएपछि मात्र हाजिर गराएका गाउपालिकाका जनप्रतिनिधिहरु अहिले फेरि  प्रसानिक कार्यमा अवरोध गर्दै आएका छन र हाकिमको सरुवा गराउन मंत्रालय धाउन शुरु गरेका छन। यो भन्दा अगाडिका हाकिमले मिलेमतोमा जस्तो पनि बिल भरपाई पास गरिदिने , भ्रष्टाचारमा साथ दिएको आरोप छ।

By maniram

Leave a Reply

Your email address will not be published. Required fields are marked *